२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाका आजको बैठक स्थगित गर्न प्रस्ताव पेश गरेको छ। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रस्ताव पेश गरेका छन्।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको हुँदा यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका हुन्।

प्रतिनिधि सभाको नियमावली नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही विषयलाइ लिएर संसद्मा सशक्त विराेध गर्ने जनाइसकेकाे छ। आजबाट प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ। अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ। तर बिहान ११ बजेको लागि बोलाइएको बैठक अझै सुरू भएको छैन।

प्रकाशित: २१ जेष्ठ २०८० ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App