२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे सबैलाई कारबाही हुनुपर्छ- गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरण

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका छन्। न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभुति पनि हुनुपर्ने बताए। प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उनको भनाई छ।  

बुधबार प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै थापाले भने, 'यो राज्यबिरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस्। चाहे त्यो नेता होस्। चाहे त्यो नाता होस्। सलाम गर्ने होस् । सलामी लिने होस्। एकजना मान्छे पनि छुट्नु हुँदैन।'

उनले भने, ‘अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाजपनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। परीक्षा छ। अनुसन्धान कसरी भइरहेको छ , सबै नागरिकले हेरिरहेका छन्। चाहे त्यो सलाम गर्ने मान्छे होस्। चाहे त्यो सलामी लिने मान्छे होस्। जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ। अनुसन्धान भएन। मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको परीक्षा पनि छ। सरकारको परिक्षा सकिएपछि अब न्यायालयको परिक्षा शुरु हुन्छ। न्यायालयले पनि यो विषयमा मैले न्याय गरे भनेर मात्र पुग्दैन। न्यायको अनुभुति हुनुपर्छ।'

उनले अनुसन्धान कसरी भइरहेको छ भन्नेकुरा आम नागरिकले हेरिरहेका पनि बताए।

प्रकाशित: १० जेष्ठ २०८० ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App