२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छः रास्वपा सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन्।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन।

उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताए। सांसद परियारले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताए।

उनले भने, ‘विश्वासको मत हामीले दिइसके पछाडी सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो। तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा आफैँपनि कुराहरु नमिलिसकेको अवस्था। हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि। हामी उपनिर्वाचनमा केन्द्रीकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन। विशेषगरी नेपाली काँग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने उहाँहरुको सद्भाव त छ। तर अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्वपूर्ण छ। संवाद जारी छ। तर टुंगिएको छैन। मलाई लाग्छ आज भोलीमा टुंगिन्छ।’

उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको जानकारी पनि दिए।

प्रकाशित: १५ चैत्र २०७९ ११:४३ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार सरकार रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस माओवादीको छः