२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मुलुकलाई स्थायी शान्तिमा लैजान देउवाको आवश्यकता: उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन्।

मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन्।

उनले काँग्रेस, माओवादी, समाजवादी, नेकपा एमाले सहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए।

प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै उनले अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताए। आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने उनको भनाइ छ।  

प्रकाशित: ५ पुस २०७९ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App