![पोखरा महानगरको राजश्वबारे लेखा समितिले अध्ययन थाल्यो](https://images.nagariknewscdn.com/thumbs/photos/1720082029_Lekha Samitiko Baithak PIC-600x400-wm.jpg)
अर्थ
काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लागेको छ।
काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायत अन्य स्थानमा रहेका पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन लागेको हो।
पेट्रोल ट्याङ्कर व्यवसायीले आइतवार विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि पम्पमा पेट्रोल नपुगेकाले पेट्रोलको अभाव भएको हो।
निजी पेट्रोल पम्पले पनि पेट्रोल वितरण बन्द गरेपछि समस्या उत्पन्न भएको छ।
तस्बिरमा हेरौँ भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा सवारीसाधनको लाइनः