२४ असार २०८१ सोमबार
image/svg+xml
अन्य

कौसी क्रान्तिको लहर

लकडाउनको प्रभाव

अभिनव केसी

अभिनव केसी  

कक्षा: ६, बृहस्पति विधासदन नक्साल, काठमाडौँ  

घरका छत तथा कौसीमा लगाइने खेतीलाई नै कौसी खेती भनिन्छ । अचेल घर वरपर जमिन नभए पनि कौसीमै जडीबुटी, तरकारी र फलफूल खेती गर्ने चलन बढेको छ । गमला, बोरा, प्लास्टिकका तथा क्यारेटमा मलमाटो राखेर मौसम अनुसारको खेती गरिन्छ ।  

यसरी उत्पादित तरकारी अर्गानिक हुन्छ । हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ । थोरै भए पनि साँझबिहानको गुजारा टर्छ । आफ्नै परिश्रमले उत्पादन गरेको ताजा चिज खान मजा आउँछ ।  

गाउँघरमा त खेती गर्ने जमिन प्रशस्त हुन्छ । कसैले खेतीबारी गर्छन भने कसैले करेसाबारी गरेर आत्मनिर्भर हुन्छन् । आफुलाई पर्याप्त अर्गानिक अन्न, तरकारी तथा फलफूल फलाउँछन् । बजारमा जहाँ खेती गर्ने जमिन अभाव हुन्छ त्यहाँ कौसी खेती गरिन्छ । 

खेतीमा सही तरिकाले पानी हाल्नुपर्छ । मैले ड्रागन फ्रुटको बोटमा धेरै पानी राखेकाले त्यसको जरा कुहियो । 

कोरोनाले गर्दा मानिसलाई कृषिमा आर्कषित बनाएको छ । मान्छेले बल्ल कृषिको महत्व बुझेका छन् । कौसी क्रान्तिको लहर चलेको छ । हुन पनि हो आफ्नो बारी हेर्दा र काम गर्दा मन रमाउने, समय सदुपयोग हुने, काम गर्दा शरीर फूर्तिलो हुने मौका चुकाउनु हुँदैन । समयमै वर्षा भएकाले सबैको कौसीमा लगाइएको खेती हरियाली देखिन्छ । फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र अर्गानिक उत्पादन हुने हेतुले सबैले कौसी खेतीलाई जोड दिएका हुन् । आफ्नै भान्सामा भएका कुहिने चिजबाट मल बनाउन सकिन्छ । यस्तो मलले खेतीबाली सप्रिन्छ ।  

हामीले सानो कौसीमा पनि मौसम अनुसारका सागसब्जी र फलफूल उत्पादन गर्ने गरेका छौं । घरमा यत्तिकै बस्न शरीरका लागि फाइदा हुँदैन भन्ने कुरालाई ध्यानमा राख्दै दैनिक गोडमेल गर्ने र पानी राख्दा बिरुवा सप्रिँदो रहेछ । हामी सपरिवार मिलेर घरको काममा सक्रिय हुँदै आएका छौं ।  

अहिले म घरमै अनलाइन कक्षामा पढ्छु । बिहान र बेलुका छतमा गएर खेल्छु । छतमा लगाएको मकै, भटमास, सिमी, फर्सि, काँक्रो, करेला, लौका लगायत दिनदिनै बढ्दै गएको नियाल्छु । त्यहाँ फूलको रस चुस्दै भुनभुन गरी रमाउने भँवराले मनै लोभ्याउँछ ।  

कौसीमा पनि धेरैथरि तरकारीले लहरा बनाई हरियाली छाएको देख्दा आनन्द आउँछ । जहाँ इच्छा त्यहाँ उपाय भनेझै कौसी खेती गर्ने इच्छा छ भने सानो ठाउँमा बोरामा माटो भरेर, बोतल, बट्टा अथवा नचाहिने पानीका जार, बाटा र  बाल्टिन काटेर माटो भरिवरी रोप्न सकिन्छ ।  

तरकारी र फलफूलका बोटमा सही तरिकाले पानी हाल्नुपर्छ । मैले ड्रागन फ्रुटको बोटमा धेरै पानी राखेकाले त्यसको जरा कुहियो । कुनै बिरुवालाई बढी पानी चाहिन्छ भने कुनैलाई बढी हाल्यो भने जरा कुहिन्छ । 

जहाँ इच्छा त्यहाँ उपाय भनेझै कौसी खेती गर्ने इच्छा छ भने सानो ठाउँमा बोरामा माटो भरेर, बोतल, बट्टा अथवा नचाहिने पानीका जार, बाटा र  बाल्टिन काटेर माटो भरिवरी रोप्न सकिन्छ ।   

एक मौसमको खेती सकिने बित्तिकै अर्को मौसमको खेती गर्न बिरुवा तयार पार्नु पर्छ । यसले गर्दा समयमै तरकारी र फलफूल उपभोग गर्न पाइन्छ । लकडाउन सुरु भए लगतै हाम्रो कौसीमा लगाएको काँक्रो र सिमी फलेको छ । गमलामा रोपिएका धनियाँ र खुर्सानी खाने बेला भैसक्यो । लसुन र प्याज त खनिसक्यौं । उखु र भुइँस्याउ खाई सक्यौं ।  

कौसीमा फूलहरू फूलेका छन् । माहुरी र चरा भुलेका छन् । कागती फलेको छ । अम्बा अनि सुन्तला फुल्न थालेको छ । माथि फल फलेको हुन्छ तल सब्जी रोपेर खानेबेला भैसक्छ । यसरी कौसी खेती गर्दा फाइदैफाइदा हुन्छ । स्वच्छ हावा पाइन्छ । शारिरीक व्यायाम हुन्छ । ताजा र अर्गानिक चिज खान पाइन्छ ।  

अन्त्यमा, लकडाउनले अभाव र अवसर दुवै दिएको छ । यस्तो परिस्थितिमा बाहिरी तरकारी र फलफूल किन्नु भन्दा कौसीमै फलाएर आत्मनिर्भर हुनु राम्रो । त्यसैले फुर्सदिलो समयलाई कौसीमा लगाऔं ।  

बिहान र बेलुका दैनिक एकएक घण्टा मात्र कौसी खेतीका लागि छुट्टयाए पुग्छ । अब कौसी क्रान्तिलाई अघि बढाऔं । आवश्यकता अनुसार कृषि विज्ञको सहयोग पनि लिऔं ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ००:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App