२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२२ जनाको मृत्यु पछि केन्या सरकारले फिर्ता लियो विवादास्पद वित्तीय विधेयक

केन्या सरकारले विवादित वित्तीय विधेयक फिर्ता लिएको छ। २२ जनाको ज्यान जानेगरी भएको हिंसक प्रदर्शन पछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्तीय विधेयक फिर्ता लिएको घोषणा गरेका हुन्।

सरकारले निएको उक्त विधेयकमा विवादास्पद कर वृद्धि सम्बन्धी प्रावधान राखिएको थियो। जसको विरोधमा केन्याका नागरिक सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीले संसदको एक भागमा आगलागी समेत गरेका छन्।

सरकारले ल्याएको उक्त विधेयकमा पाउरोटीमा १६ प्रतिशत बिक्री कर र खाना पकाउने तेलमा २५ प्रतिशत कर लगाउने प्रावधान थियो।

त्यस्तै सवारीसाधनमा २.५ प्रतिशत, वित्तीय लेनदेनमा पनि कर बढाउने जस्ता प्रावधान उक्त विधेयकमा राखिएको थियो।

प्रकाशित: १३ असार २०८१ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App