२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अमेरिकाको असन्तुष्टि

अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ।

व्हाइट हाउसका प्रवक्ता जोन किर्वीले अमेरिका इजरायललाई हतियार उपलब्ध गराउने मध्ये महत्त्वपूर्ण पक्ष रहेको भन्दै हतियारलाई लिएर इजरायली प्रधानमन्त्रीले दिएको बयान गलत भएको बताएका छन्।

उनले भने, ‘यो आश्चर्यजनक कुरा हो की नेतन्याहूले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनलाई अमेरिकाले इजरायललाई हतियार आपूर्ति रोकिराखेको भने। जबकी अमेरिका इजरायललाई हतियार उपलब्ध गराउने महत्त्वपूर्ण निकाय हो।’

अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो। तर, पछिल्लो समय गाजामा युद्धलाई लिएर अमेरिका र इजरायलबीच तनाव उत्पन्न हुँदै आएको छ।

अमेरिकाले गाजामा सङ्घर्ष विराम चाहन्छ। तर, इजरायलले गाजामा आक्रमण बढाउँदै हमासलाई पूर्ण रुपले समाप्त पार्ने बताउँदै आएको छ।

प्रकाशित: ७ असार २०८१ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App