२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीद्वारा हमाससँगको युद्धलाई केन्द्रमा राखी गठन गरिएको वार क्याबिनेट भङ्ग

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले वार क्याबिनेट भङ्ग गरेका छन्।

बेनी ग्याट्ज र गादी इसेनकोटले राजीनामा दिएको एक साता पछि प्रधानमन्त्री बेन्जामिनले ६ सदस्यीय वार क्याबिनेट भङ्ग गर्ने निर्णय गरेका हुन्।

इजरायली सञ्चार माध्यमहरूका अनुसार अब गाजामा हमाससँग जारी युद्ध लगायतका विषयमा सानो मञ्चमा छलफल हुनेछ।

बीबीसीका अनुसार क्याबिनेटका केही सदस्यहरूले राखेका मागका कारण प्रधानमन्त्री बेन्जामिनमाथि दबाब बढ्दै गएको र अमेरिका लगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग सम्बन्ध तनावपूर्ण बन्दै गएका कारण वार क्याबिनेट भङ्ग गरिएको हो।

इजरायली सेनाले प्रधानमन्त्रीको उक्त निर्णयले आफ्नो अभियानमा कुनै असर नपर्ने बताएको छ।

गत वर्ष सात अक्टुबरमा हमासले आक्रमण गरेपछि प्रधानमन्त्री नेतन्याहूले वार क्याबिनेट गठन गरेका थिए। 

प्रकाशित: ४ असार २०८१ ०६:५५ मंगलबार

#isrel #benjamin netnyahu #war cabinate