२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ह्विसलब्लोअर’को पक्षमा

यस्तो पनि

अचेल कुनै कुरामा मुख खोल्नु भनेको आर्थिक क्षति मात्र नभएर पूरै करियर नै ध्वस्त हुनु र जेलमै जीवन व्यतित हुनुसमेतको जोखिम हुन्छ। त्यसैले देख्दादेख्दैको कतिपय कुरामा मुख खोल्न अभियन्ताहरू डराउँछन्।

खासगरी विज्ञानका क्षेत्रमा भएका बेइमानीबारे मुख खोल्न हत्तपत्त कोही चाहँदैनन्। यस्तोमा कसैले मुख खोलिहाले पनि यति महँगो कानुनी लडाइँ लड्नुपर्छ कि किन यो झञ्झवात्मा परिएछ भनेर अभियन्ताले दुःखमनाउ गर्न थाल्छ। यस्तो समस्याबाट उतार्न हालै अमेरिकाका एक इन्जिनियर युन फाङ जुआनले साइन्टिफिक इन्टिग्रिटी फन्ड बनाएकी छिन्।

यस्तो फन्डले कार्यालयभित्र भइरहेका गडबडीलाई बाहिर ल्याउने, त्यसको विरोध गर्नेहरूमाथि आइपर्ने समस्या तथा कानुनी उपचारका लागि आर्थिक सहयोग गर्ने बताइएको छ।

ह्विसलब्लोअरहरूलाई यसले फाइदा पुग्ने बताइएको छ। खासगरी विकिलिक्समा सूचना चुहाएको आरोपमा धेरैको जीवन र करियर बर्बाद भइसकेको छ। त्यसपछि पनि अनेकन् नयाँ नयाँ अभियन्ताहरू देखा परे पनि उनीहरू थाकेको देखिएपछि उनीहरूको सहयोगका लागि यो फन्ड बनाउनु परेको जुआनले बताएका छन्।

पछिल्लो समय वैज्ञानिक समुदायहरू आलोचित हुन थालेका छन्। खासगरी उनीहरूले गलत अध्ययन तथा गलत उपचार सिफारिस लाई गलत तरिकाले पुष्ट्याइँ गरेको आरोप लाग्ने गरेको छ। यसले समग्र विज्ञान क्षेत्रप्रति अविश्वासको वातावरण सिर्जना गरिरहेको छ।

अहिलेलाई सो फन्डका लागि १० लाख डलर जम्मा गरिएको छ। हाललाई यतिबाट शुरू गरिए पनि पछि थपिँदै जाँदा अभियन्ताहरूलाई सजिलो हुने बताइएको छ। केही ज्याद्रा अभियन्ताहरूले मात्र आफूले विज्ञान क्षेत्रमा देखेका गलत क्रियाकलाप थेग्न सकेका छन्। उनीहरूले क्राउडफन्डिङ गर्ने, व्यक्तिगत चन्दा उठाउनेदेखि अनेक काम गरिरहेर अभियानलाई जारी राखेका छन्। तर सबैमा त्यो खुबी र त्यति इच्छाशक्ति नहुने हुनाले यस्तो फन्ड आवश्यक रहेको बताइएको छ।

यो फन्ड पाउनका लागि निवेदन दिनुपर्ने र शुरूवाती कानुनी उपचारमा लड्न २५ हजार डलरसम्म सहयोग गर्ने बताइएको छ।

जुआनले शुरूमा यो दुई लाख ५० हजार डलरबाट फन्ड शुरू गरेकी थिइन्। साथीभाइ, परिवारबाट उठाएको रकम अहिले बढेर चार वर्षमा १० लाख डलर पुगेको छ। एउटा समूहले छलफल गरेपछि कसलाई फन्डको सहयोग गर्ने, कसलाई नगर्ने निर्णय गर्ने बताइएको छ। वैज्ञानिक खोज अनुसन्धान नै बृहद् हितका लागि हो तर त्यही जोखिममा पर्ने गरी कार्य भइरहेकोमा बोल्न डराउनुपर्ने अवस्था आउनु दुःखद् भएकाले यस्तो फन्ड अरू थप बन्न पर्ने जुआन बताउँछिन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ७ चैत्र २०८० १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App