२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बितेको २४ घण्टामा थप एक सय ३० जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९९ जनामा झरेको छ। 

प्रकाशित: २९ भाद्र २०७९ ११:३४ बुधबार

कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय