२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा हैजा संक्रमण हुनेको संख्या ६१ पुग्यो

थप २९९ जनामा कोरोना पुष्टि

पछिल्लो समय कोरोनासँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या बढेको छ। काठमाडौँ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ। हैजाको परीक्षण, नियन्त्रण र उपचारका लागि काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बितेको २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै बितेको २४ घण्टामा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ। पाँच सय ७७ जना निको भएका छन्। अहिले नेपालमा चार हजार ६ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै बितेको २४ घण्टामा १८ हजार ६ सय ७० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७९ १४:५९ शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनासँगै हैजा संक्रमण पुष्टि