२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छः चिकित्सक

नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमापी.एच.डी) गरेका डा. गौरव पोख्रेलले नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी भएका बताएका छन्। त्यसैले भविष्यमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न आवश्यक रहेको पोख्रेलले जोड दिए।

जवालाखेलस्थित क्लिनिक वानले ललितपुरमा गरेको एक दिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषहरुको संख्या निकै कम भएको बताएको छ। यस समस्यालाई सम्बोधन गर्न तथा जून महिनालाई पुरुष स्वास्थ्य महिनाको रुपमा मनाउन क्लिनिक वान जाउलाखेलमा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

डा. पोख्रेलले नेपालमा बाझोपन सम्बन्धी समस्या भएका धेरै व्यक्तिहरुलाई कुन डाक्टरसँग परामर्श लिने भन्नेबारे जानकारी नभएको बताए। शिविरमा आएका बाझोपन सम्बन्धी समस्या भएका बिरामीहरुले मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिने गरेको उनले बताए। साथै शिविरमा आएका नवयुवाहरुलाई शीघ्र स्खलन तथा धेरै हस्तमैथुन गर्दा हुँदा नंपुसकता हुन्छ कि भन्ने जस्ता जिज्ञासा भएको जानकारी उनले दिए।

त्यस्तै उनले स्वास्थ्य शिविरमा आएका धेरै व्यक्तिहरुलाई आफूलाई नंपुसकता रहेको/नरहेको डर भएको बताएको जानकारी दिए। आयोजक क्लिनिक वानका सीईओ रघु रानाले समाजमा अझै पनि पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुला रुपमा कुरा नगर्ने र पुरुष प्रजनन स्वास्थ्यकोबारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए।

शिविरमा आएका पुरुषहरुको गोपनियतालाई मध्यनजर गर्दै डाक्टर परामर्शमा भएका कुरालाई गोप्य राख्ने व्यवस्था मिलाएको क्लिनिक वानका सीईओ रानाले जानकारी दिए। त्यस्तै उनले क्लिनिक वानले भविष्यमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १३ असार २०७९ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App