२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

गर्भवति र सुत्केरीलाई निःशुल्क र पालिका भित्रकालाई आधा भाडामा सेवा

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। गाउँपालिकाले एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा वडामा रहेको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। यससंगै पालिकामा रहेको ६ वटै वडाका स्वास्थ्य चाैकीमा एम्बुलेन्सको सेवा पुगेको छ।

पालिकामा रहेका जनताको स्वास्थ्य सेवामा पहुँच बढाउन गाउँपालिकाले एकै पटक चार वटा एम्बुलेन्स चार स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो। पालिको वडा नम्बर १, २, ४ र ५ वडामा रहेको स्वास्थ्यचौकीलाई सोमबार एक समारोहकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो। गाउँपालिका प्रमुख निशार अहमद खा, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले सो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए। 

चार एम्बुलेन्ससंगै पालिकाका सबै वडामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको पहुँच पुगेको गाउपालिका प्रमुख निशार अहमद खाले बताए। यस अघि नै वडा नम्बर ३ र ६ का स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण पछि संचालनमा आई सकेको छ। ‘गाउपालिकाको ६ वटै वडामा अब एम्बुलेन्स पुगेको छ’ गाउपालिका प्रमुख खाले भने ‘अब पालिका भित्र रहेको कुर्नै पनि बिरामीले एम्बुलेन्सकालागि कुर्नु पर्ने छैन’। 

गाउँपालिकामा रहेको ४५ हजार जनताको सेवा गर्नकालागि ६ वटा एम्बुलेन्स भएको खाले बताए। एम्बुलेन्सले पालिका भित्र रहेको जनताकालागि आधा भाडामा मात्र लिईनछ। यस्तै गर्भवति र सुत्केरी महिलालाई सेवा निःशूल्क गरिएको खाले बताए। आफनो पालिका भित्रका सबै वडामा एम्बुलेन्स आए पछि जनता लाभांवित हुने उप प्रमृख सुधादेबी पाण्डेयले बताए।

‘हामीले जनतालाई गरेको प्रतिबद्धता र बाच अनुसार काम गरेका छौ ’ उनले भनिन। प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले भन्सार लगातयका राजस्व छुट गरी आफूहरुले एम्बुलेन्स खरिद गरी ल्याएको बताए। प्रति एम्बुलेन्स १० लाख ६४ हजार ७६५ रुपैँया लागत गरी कुल ४२ लाखमा एम्बुलेन्स आएको उनले बताए। उनले गाउँपालिका जनता एम्बुलेन्सले लाभांवित हुने उनले बताए।

पालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलकराम यादवले बिकट रहेको आफनो वडामा एम्बुलेन्स आएकोमा खुसी व्यक्त गर्दै अब जनताले उपचार सेवा राम्रो पाउने बताएका छन्। नमुना काम गर्दै आएको पालिकाले यस अघि २० अपांगलाई स्कुटर समेत प्रदान गरेको थियो।

प्रकाशित: ११ आश्विन २०७८ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App