२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कटुञ्जेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले भक्तपुरको एक स्वास्थ्य चौकीलाई सहयोग गरेका छन्।

सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई उनीहरुले दुई थान बेड, अक्सिजन कन्सन्ेट्रटर एक थान, अक्सिजन सिलिण्डर दुई थान सहयोग गरेका हुन्।

कटुञ्जेमा जन्मी हाल अमेरिकामा विभिन्न पेशा व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थीहरुको सहयोगमा ती सामग्री  संकलन गरी सहयोग गरेको स्वास्थ्य चौकी सञ्चालन समितिका उपाध्यक्ष राम थापाले बताए। सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए।

वडा अध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले कटुञ्जे जन्मथलो भई हाल अमेरिका बस्ने नेपालीहरुको सहयोगले स्वास्थ्य चौकीको आवश्यकता केही हदसम्म परिपुर्ति भएको बताए। 

प्रकाशित: ३० जेष्ठ २०७८ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App