२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन्।

बुधबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछि सञ्चारकर्मीसँग कुराकानीमा यस्तो जानकारी गराएका हुन्। उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेको बताए।

उनले  शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरिएको जानकारी गराए। मेयर महर्जनले स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिने बताए।उनले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्ने गरी काम गर्न पाइने नीति लिएको जानकारी गराए । उनले वातावरणको क्षेत्रमा पनि कायापलट हुने गरी काम गर्ने गरी नीति ल्याएको बताए।

उनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरूको विकास गर्ने नीति लिएको बताउनु भयो । उनले ललितपुर महानगरपालिकाले डेंगुको भ्याक्सिन ल्याउने कोसिस गर्ने बताए । उनले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चालनलाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरू बनाउने योजना बनाउने नीति लिएको बताए ।  उनले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए।

उनले  खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताउनु भयो । उनले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउन सक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने धारणा राखे। 

महानगरले सुन्दर ललितपुर नगरी: घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गर्ने पनि  मेयर चिरीबाबु महर्जनले जानकारी गराए।नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका गर्ने उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८१ १९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App