२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा तीन हप्ताका लागि ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ। जेठ २६ देखि असार १५ गतेसम्म अर्थात् जुनभरिका लागि यो सेवा निःशुल्क गर्ने अस्पतालले घोेषणा गरेको हो। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा अस्पतालले यस्तो घोषणा गरेको हो।

गत वर्षदेखि विश्व ब्रेन ट्युमर दिवस मनाउन सुरु गरेको अस्पतालले गत वर्ष एक हप्ताका लागि मात्र निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको थियो भने यो वर्षदेखि भने तीन साताभरि नै सेवा दिने निर्णय गरेको हो। ‘अस्पताल व्यवस्थापन पक्षको आग्रहमा हामीले तीन साता नै निःशुल्क सेवा दिने भएका हौं,’ राष्ट्रिय बे्रन ट्युमर केन्द्रका संंस्थापक अध्यक्ष तथा वीर अस्पताल न्युरोसर्जरी विभाग प्रमुख डा. राजीव झाले भने।

वीरमा ब्रेन ट्युमरको शल्यक्रियाका लागि प्रतिबिरामी २० हजार रूपैयाँ शुल्क लाग्छ। योे शुल्कबाहेकको खर्र्च भने बिरामी आफैंले बेहोर्नुपर्नेछ। शल्यक्रियामा आवश्यक सामग्री तथा औषधी किन्नका लागि खर्च लाग्छ। यो निःशुल्क सेवाले बिरामीलाई ५० प्रतिशत राहत मिल्ने झाले बताए। अस्पतालमा बिरामीले खाने खाना, शड्ढया चार्जसमेत निःशुल्क हुने भएकाले शल्यक्रिया चार्ज निःशुल्क हुँदा पनि राहत मिल्ने झाले बताए। 

वीर अस्पतालमा धेरै जसो विपन्न बिरामी बे्रन ट्युमरको समस्या लिएर आउने भएकाले वीर अस्पतालका ब्रेन ट्युमरको निःशुल्क शल्यक्रियाले राहत मिल्ने उनको भनाइ छ। ‘वीर अस्पतालमा अति विपन्न बिरामी पनि आउँछन्। उनीहरूका लागि यो शल्यक्रिया निःशुल्क हुनु भनेको ठुलो राहत हो,’ उनले भने।

विश्वभर नै जुन महिनाभरि बे्रन ट्युमर सचेतना महिनाका रूपमा मनाउने भएकाले सचेतना बढाउन पनि निःशुल्क सेवा प्रदान गरिएको उनले बताए। उनका अनुसार ब्रेन ट्युमर केही वंशाणुगत समस्याले हुने भए पनि बढी जसो हाम्रो जीवनशैलीकै कारणले हुने भएकाले बे्रन ट्युमर हुन नदिन र भइहालेमा समयमै कसरी बच्ने भन्नेबारेको सचेतनाले यसबाट हुने मृत्यु घटाउन सकिने बताए।

चिकित्सकका अनुसार सिटिस्क्यान, एक्सरेजस्ता रेडियसन, टाउकोमा लाग्ने चोटपटक, टाउकोमा हुने संक्रमणका कारणले ब्रेन ट्युमर हुन्छ । यसबाहेक बढी मोटोपना भएका मानिसमा पनि बे्रन ट्युमर हुन्छ। यी कारणदेखि सजग हुन सकेमा धेरैै मानिस यस जोखिमबाट बच्छन्।

कुनै पनि व्यक्तिलाई ब्रेन ट्युमर भएको सुरुमै थाहा हुन सकेमा र समयमै शल्यक्रिया गरेमा बिरामीलाई मृत्युबाट बचाउन सकिने झा बताउँछन्। उनका अनुसार बेहोस हुने, छारे रोग लागेजस्तो हुने, वान्ता आउने, टाउको दुख्ने, पागलपनजस्तो हुने, कान सुन्न कम हुने, हातखुट्टा लर्खराउनेलगायत कुनै पनि लक्षण देखिएमा तुरुन्त उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ। यो समस्या सिटिस्क्यान र एमआरआइबाट पहिचान हुन्छ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App