२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरमा नयाँ मेमोग्राम मेशिन सञ्चालनमा

वीर अस्पतालमा नयाँ मेमोग्राम सेवा सुरु भएको छ। तिहारपछि नै सञ्चालनमा आएपनि सेवाको बारेमा जानकारी नहुँदा सेवा लिन आउनेको कमी रहेको अस्पतालको रेडियोलोजी विभागले जनाएको छ।

स्तन क्यान्सर या स्तनमा लागेका कुनै पनि रोग पत्ता लगाउनको लागि मेमोग्राम गरिन्छ। नयाँ मेमोग्राम मेशिन भने अत्याधुनिक रहेकोले यसको परीक्षणबाट स्तनमा रहेको स–साना क्यान्सरको कोष पत्ता लाग्नुको साथै शंकास्पद भागको मासु निकालेर तुरुन्तै वायोप्सी गर्न मिल्ने सुविधा पनि मेशिनमै जोडिएको वीर अस्पताल रेडियोलोजी विभागका प्रमुख डा। विकास विक्रम अधिकारीले बताए। ‘सबै भन्दा आधुनिक मेमोग्राम उपकरण हो,तुरुन्तै वायोप्सी गर्न मिल्ने सुविधा पनि छ’उनले भने।

नेदरल्याणडबाट लिएको यो उपकरण तिहारपछि सञ्चालनमा आएकोमा कतिपय विभागलाई जानकारी नभएर सेवा लिन पर्याप्त बिरामी नआएको डा। अधिकारीले बताए। उनका अनुसार एउटा बिरामीको मेमाग्राम गर्न करिब आधा घण्टा लाग्ने भएकोले दैनिक १६ जनालाई सेवा दिन सकिने र अतिरिक्त सेवा दिएमा २४ जनासम्मलाई सेवा दिन सकिने छ।

यो सेवा मार्फत समयमै स्तन क्यान्सर पहिचान हुने भएकोले महिलाहरूको लागि राहत हुने डा। अधिकारीले बताए। वीरमा पुरानो मेमोग्राम बिग्रेपछि पाँच वर्षदेखि सेवा बन्द भएको थियो।

प्रकाशित: १८ पुस २०८० ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App