२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालको वर्न वार्ड अलपत्र

सरकारले १० महिनाअघि नै वीर अस्पतालमा वर्न वार्ड खोल्ने घोषणा कार्यक्रम अलपत्र परेको छ।

सरकारले गत वर्ष फागुनमा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको ग्यास बिस्फोटनले आगलागीमा परेपछि वीरमा वन वर्डा खोल्ने घोषणा गरेको थियो। स्वदेशमा सांसद भण्डारीको उपचार हुन नसकेपछि सरकारले वीरमै सुविधा सम्पन्न वार्ड खोल्ने घोषणा गरेको हो।

घोषणा गरेपछि १० महिनाको अवधिमा विभिन्न पहल भए पनि समयमै आवश्यक जनशक्ति र आवश्यक सामग्री खरिद प्रक्रिया हुन नसकेपछि अलपत्र परेको वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले बताए।

उनका अनुसार चालु आर्थिक वर्षको सुरुमै सरकारले वर्न वार्ड सञ्चालनका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिसकेको छ। अस्पतालकै पुरानो न्युरोसर्जरी वार्डमा वार्ड सञ्चालन गर्ने अस्पतालको तयारी भएको थियो।

बजेट आइसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक जनशक्ति पठाउने र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले टेण्डर प्रक्रिया अघि बढाइसक्नुपर्छ। यी दुवै काम अघि बढ्न नसकेको निर्देशक पौडेले बताउँछन्।

वार्ड सञ्चालनका लागि ४० जना नर्स र १० जना मेडिकल अफिसर, दुईजना विशेषज्ञ चिकित्सकसहितको जनशक्ति चाहिन्छ। यी जनशक्ति प्रतिष्ठान हुँदै स्वास्थ्य मन्त्रालयमा माग गरिसकेको हो।

स्थायी दरबन्दीअघि प्रतिष्ठानले मन्त्रालयको अनुमतिमा अस्थायी जनशक्ति राखेर काम चलाउनुपर्ने हो, त्यो काम समयमै हुन नसकेको उनले बताए।

‘अस्पतालको हरेक निर्णयमा उपकुलपति, रजिष्ट्रारबाट अघि बढ्नुपर्छ,’ उनले भने। प्रतिष्ठानबाट आवश्यक प्रक्रिया पूरा भएपछि मात्र समयमै सञ्चालन सम्भव भएको उनले बताए।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति भुपेन्द्र बस्नेतले निर्देशकको अधिकारभित्र रहेर यो काम अघि बढ्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले प्रतिष्ठानले एकमुष्ठ जनशक्ति माग गरे पनि वर्न वार्डको लागि छुट्टै जनशक्ति माग नगरेको बताए। 

प्रकाशित: ११ पुस २०८० ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App