२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृति गुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन्। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विकासका कारण यस्तो सम्भव भएको अध्येताहरूको भनाइ छ।

अक्सफोर्ड विश्वविद्यालयका कम्प्युटर साइन्सका प्राध्यापक माइकल वुल्ड्रिजले प्रविधिमा आएका पछिल्ला परिवर्तनहरूले यस्तो सम्भावना निकट भविष्यमै देखिने बताएका छन्। पछिल्लो समय एआईमाथि विविध शंकाका कुरा आउन थालेपछि आफू यसको सदुपयोगका बारेमा निकै सकारात्मक रहेको बताउँदै उनले एआईले नयाँ नयाँ प्रविधि र विधामा नयाँ नयाँ फड्को मारिरहेको र कालान्तरमा यसले मानव जातिलाई फाइदा नै पुर्‍याउने बताएका छन्। उनले ‘द टाइम्स पत्रिका’ले आयोजना गरेको लिट्रेचर फेस्टिभलमा सो कुरा बताएका हुन्।

ती नयाँ विधामध्ये डिमेन्सियाबाट पीडित रोगीहरूलाई चिकित्सकले भन्दा पहिले नै मोबाइलको सहयोगले रोगका बारेमा जानकारी भइसक्ने र उसले चिकित्सकीय सहयोगका लागि रोगीलाई अस्पतालसम्म पुग्न प्रेरित गर्ने काममा उपयोग गर्न अक्सफोर्डले काम गरिरहेको जानकारीसमेत दिए।

अहिलेलाई यो प्रविधि निकै सुस्त गतिमा अगाडि बढिरहेको भए पनि केही वर्षपछि यसले स्वास्थ्यका क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास उनले लिएका छन्। तर कहिलेकाहीँ एआई समेत ह्याक हुने सम्भावना भएकाले त्यसले ल्याउने खतराका बारेमा भने पहिल्यै सचेत हुनुपर्ने सुझाव पनि उनको छ।

प्रकाशित: २९ आश्विन २०८० ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App