२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

हेटौंडा अस्पतालमा २५ बेडको वार्डबाट मनोचिकित्सा सेवा

तस्बिर: हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशी लगायत।

हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ। बिहीबारबाट सुरु भएको सेवाको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले ओपिडीसहित २५ शैयाको मनोचिकित्सा वार्डको उद्घाटन गरेका हुन्। 

मकवानपुरसहित आसपासका जिल्लाका बिरामीको लागि समेत लक्षित गरी हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको हो। यसबाट मनोसामाजिक समस्या भएका बिरामीहरुका लागि सहज हुनेछ। स्वास्थ्य मन्त्री जोशीले सरकारी निकायबाट प्रवाह हुने सेवाबाट नागरिक खुसी हुनुपर्ने बताए। उनले स्वास्थ्य क्षेत्र अmभै संवेदनशील भएकाले सेवा प्रवाहमा विशेष ध्यान पु¥याउन निर्देशन दिए। पछिल्लो समय प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका सेवा प्रवाहमा सेवाग्रहीबाट गुनासो आउने गरेको भन्दै उनले यसतर्फ विशेष ध्यान दिन अनुरोध गरे।  

प्रादेशिक अस्पतालका सेवाको विषयमा गुनासो बढ्दै गएको दोहो¥याउँदै उनले मुख्य लक्ष्य गुणस्तरीय सेवा प्रवाह हो भन्ने विषयलाई मनमस्तिष्कमा राखेर काम गर्न अनुरोध गरे। जोशीले चिकित्सकहरुले मनोबल उच्च राख्दै उनीहरुको सुरक्षामा सरकार प्रतिवद्ध रहेको बताए। त्यसका लागि जिल्लामा सुरक्षा तथा अनुगमन समिति समेत गठन भएको जानकारी दिए। हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले समाजमा मनोसामाजिक समस्या जटिल बन्दै गएको जानकारी दिँदै बिरामीलाई काउन्सिलिङ र उपचार गर्ने उद्देश्यले अस्पतालमा ओपिडीसहित मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको बताए।

उनले अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिए। यसअघि अस्पतालमा मनोचिकित्साको वार्ड सञ्चालनमा नभएपनि असारबाटै अस्पतालमा एकजना मनोरोग विशेषज्ञबाट ओपिडी मार्फत् सेवा प्रवाह गर्दै आएको उनले बताए। हेटौंडा अस्पतालमा मनोसामाजिक समस्या भएका बिरामीका लागि सेवा सुरु भएसँगै यस क्षेत्रमा काम गर्दै आएका संस्था तथा मानसिक समस्या भएका बिरामीहरु खुसी भएका छन्। कोशिश संस्थामा पैरवी अधिकृत सुनिरा लामाले अब मनोसामाजिक समस्या भएका बिरामीहरु उपचारका लागि चितवन, काठमाडौं लगायतका जिल्लामा उपचारको लागि जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यस क्षेत्रमा काम गर्ने संस्थाले लामो समय देखि मानसिक स्वास्थ्य उपचार सेवाको माग गर्दै आएका थिए।

प्रकाशित: २५ आश्विन २०८० १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App