२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ: गृह सचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन्।

आज शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताएका हुन। उनले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गरिने बताए।

उनले चिकित्सकहरूका जायज माग सम्बोधन गर्न सरकार सधैँ तयार रहेको भन्दै वार्ता,संवादद्वारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई  सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी नभएको बताए। उनले स्वास्थ्यकर्मीमाथि भएका घटनाहरूमा प्रचलित कानुनले दिएको सीमा र परिधिभित्र रहेर कानुन बमोजिम कारबाही अघि बढाइएको बताए।

समितिको बैठकमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी सम्बन्धी ऐन अपूरो भएको बताए। उनले चिकित्सकहरूमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ संकल्प अहिलेको आवश्यकता रहेको बताए। स्वास्थ्यका समस्याहरू सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका फाइलहरू अर्थ मन्त्रालयमा चाङ लागेर बसेको पनि उनले जानकारी दिए।

उनले स्वास्थ्यकर्मीको दरबन्दी नथपिने, चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताए। डा.कार्कीले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापरबाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताए।

प्रकाशित: १२ आश्विन २०८० १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App