२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जुम्लाका औषधि पसल मापदण्ड विपरीत सञ्चालनमा

जुम्लामा बजारका औषधि पसलहरु मापदण्ड विपरीत  सञ्चालनमा रहेको पाइएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको अनुगमनमा औषधि पसलहरु मापदण्ड विपरीत  सञ्चालनमा रहेको पाइएको हो।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले औषधि पसलहरु मापदण्ड अनुसार सञ्चालनमा नरहेको बताए। धेरै जनगुनासो आएपछि औषधि पसल अनुगम गरिएको घिमिरेले बताए।

जुम्लामा कुल ३२ वटा औषधि पसल सञ्चालनमा रहेका छन्। हाललाई एक पटकको निम्ति मापदण्ड पूरा गर्न निर्देशन दिइएको प्रजिअ घिमेरेले बताए।

औषधि ऐन २०३५ अनुसार मेडिकल सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट लाइसेन्स लिएको हुनुपर्छ भने हरेक वर्ष नवीकरण गरिएको हुनुपर्छ। तर जुम्लामा ठिक उल्टो देखिन्छ,लाइसेन्स एउटाको नाममा हुने र औषधि अर्कैले बेच्ने पाइएको छ।  

प्रकाशित: ८ श्रावण २०८० १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App