२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ। आइतबार मृगेन्द्र सम्झना चिकित्सा गुठीको ४७औं वार्षिकोत्सव अवसरमा सो पुरस्कार प्रदान गरिएको हो।

मुटरोग स्वास्थ्य सेवामा डा. कोइरालाले पुर्‍याएको योगदानको कदर गर्दै गुठीले सो पुरस्कार प्रदान गरिएको जनाएको छ। १२ लाख ११ हजार १ सय १५ रूपैयाँ नगदसहित पदक तथा सम्मानपत्र प्रदान गरिएको हो। डा. कोइरालाले लामो समयदेखि मुटुरोग उपचारमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गरिएको हो।

डा. कोइराला त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोक भास्कुलर, थोरासिक तथा ट्रान्सप्लान्ट र राष्ट्रिय गंगालाल हृदय केन्द्रमा निर्देशक तथा चिकित्सकको रूपमा रही सेवा प्रदान गर्नुका साथै पछिल्लो समय बाल मुटुरोग उपचारका लागि काठमाडौंसहित अन्य प्रदेशमा बाल अस्पताल स्थापना गर्ने अभियानमा सरिक छन्। उनले मुटुरोग उपचारमा इच्छुक व्यक्तिबाट आर्थिक सहयोग संकलन गरी अस्पताल स्थापना कार्यक्रम अघि बढाएका छन्।

त्यस्तै उमा पाण्डे बाल कल्याण आर्थिक सहयोग कार्यक्रम नेपाल बाल संगठन बालमन्दिरलाई प्रदान गरिएको छ। बाल मन्दिरलाई ३ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो। मृगेन्द्र सम्झना गुठीका संस्थापिका तथा कार्यसमितिकी सदस्य उमा पाण्डेको स्मृतिमा प्रदान गरिएको सो आर्थिक सहयोगको राशि ३ लाख रूपैयाँ रहेको छ। सो आर्थिक सहयोग गुठीको तर्फबाट २ लाख र गुठीको सहअध्यक्ष साधना पाण्डेको तर्फबाट १ लाख सहयोगसहित ३ लाख प्रदान गरिएको हो। त्यस्तै गुठीले क्यान्सर रोगीको औषधि खर्चका लागि १ लाख वीर अस्पताललाई सहयोग प्रदान गरेको हो।

प्रकाशित: १ पुस २०७९ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App