२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

उच्च शिक्षाका लागि ३८ जनालाई छात्रवृत्ति

इटहरी उपमहानगरभित्र रहेर उच्च शिक्षा अध्ययन गरिरहेका ३८ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ।

आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा अध्ययन गरिरहेका ६१ जना दलित विद्यार्थीले आवेदन पेस गरेकोमा आइतबार ३८ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो। बाँकीलाई सोमबार छात्रवृत्ति प्रदान गरिनेछ।

उपमहानरपालिका उपप्रमुख लक्ष्मी गौतमका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति प्रदान गरिएको हो। उपमहानगरले प्रदान गरेको सहयोगबाट शिक्षालयमा फाराम भर्नेदेखि पुस्तक खरीद गर्न सहज हुनेछ। हरेक वर्ष इटहरीले उच्च शिक्षा अध्ययन गरिरहेका छात्रछात्रालाई हौसला स्वरुप छात्रवृत्ति वितरण गर्ने गरेको छ।

यो वर्ष प्रतिव्यक्ति दुई हजार ४ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो।

प्रकाशित: ९ माघ २०७८ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App