२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

निजी कलेज संचालकहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई बुझाए चाबी

चिकित्सा शिक्षा आयोगले संचालन गरेको मेडिकलतर्फका एकीकृत प्रवेश परीक्षामा नर्सिङ र फार्मेसीतर्फ सिट सख्या भन्दा थोरै विद्यार्थी उत्तीर्ण भएपछि निजी मेडिकल कलेज संचालकहरुले कलेजका चाबी आयोगलाई बुझाएका छन्।  

मंगलबार निजी मेडिकल कलेज संचालकहरुको समुहले थोरै विद्यार्थी उत्तीर्ण भएपछि कलेजमा तोकिएका सिटहरु खालि हुने भएकोले कलेज चलाउनु भन्दा बन्द गरेर चाबी बुझाएको जनाएका छन्। कलेज संचालकहरुले नर्सिङ र फार्मेसीमा कोटा अनुसार विद्यार्थी उत्तीर्ण नहुँदा कलेजनै बन्द हुने अवस्था आएकोले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाएको स्वास्थ्य विज्ञान तथा शिक्षालय संघ (एसिया)का अध्यक्ष यम प्रसाद अधिकारीले बताए।

अधिकारीकै नेतृत्वमा मंगलबार पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय अन्र्तगतका पारा मेडिकल कलेज संचालकहरुले आयोगले थोरै विद्यार्थी पास गराएर कलेज बन्द गर्ने नियत राखेको भन्दै आयोगका उपसचिव सेवन्त कोइरालालाई चाबी बुझाएको बताए। कलेज संचालकहरुले शैक्षिक सत्र ०७७/०७८मा चिकित्सा शिक्षा आयोगले लिएको पारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न विश्वविद्यालयहरुले अपनाउने प्रवेश परीक्षाको विधि अनुसार न्यूनतम ३५ प्रतिशत उत्तिर्णाक ल्याएका विद्यार्थीहरुलाई योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन माग गरेको छ।

आयोगले पहिलो पटक संचालन गरेको एकीकृत प्रवेश परीक्षामा पारामेडिकलतर्फ बिएस्सी नर्सिङमा एक हजार दुइ सय चालिस सिट निर्धारण गरेको थियो। जसमा आवेदकहरु तीन हजार चार सय ७८ रहेका थिए। जसमध्ये उत्तीर्ण हुनेहरुको सख्या पाँच सय चार मात्र रहेको छ। भने बी–फार्मेसीतर्फ कुल सिट सख्या ९ सय २ तोकिएको छ।आवेदकहरु भने तीन हजार एक सय ३८ थिए। उत्तीर्ण विद्यार्थीहरु ५ सय ४३७ मात्र रहे।

यसैगरी बीपीएचतर्फ सिट संख्या एक हजार चार सय २० रहेको  छ। आवेदकहरु दुइ हजार ६ सय २३ थिए। जसमध्ये ५ सय ६५ मा उत्तीर्ण हुन सकेका छन्। यी विषयहरुमा सिट सँख्या भन्दा आधा विद्यार्थी पनि पास हुन सकेका छैनन्। बीएस्सी एमआईटी तर्फ ७१  सिट सँख्या तोकिएको छ। जसमा २ सय ६८ ले आवेदन दिएका थिए।  पास भने ४५ मात्र हुन सके। 

बीएस्सी एमएलटी विषयमा सिट कोटा आयोगले चार सय २५ निर्धारण गरेको थियो। आवेदक एक हजार थिए। पास हुने विद्यार्थीहरु एक सय १८ मात्र रहे। बीपीटी तर्फ एक सय ५० कोटा निर्धाण गरेको छ। आवेदकहरु ५ सय ३८ रहे पनि उत्तीर्ण विद्यार्थीको सख्या एक सय १४ मात्र रहेको छ। बीएएसएलपी तर्फ आयोगले ६ कोटा तोकेको थियो। आवेदकहरु ६४ थिए तर पास हुने विद्यार्थी ६ नै रहे। चिकित्सा शिक्षा आयोगले ०७५मा ऐन लागु गरेपछि मेडिकल कलेजहरुको एकीकृत प्रवेश परीक्षा संचालन, नतिजा प्रकासन तथा ब्यवस्थापन, सिट निर्धारण, शुल्क निर्धारण र कलेज अनुगमन नियमन लगाएत सबै काम गर्ने जिम्मेवारी पाएको हो।

अध्यक्ष अधिकारीले आयोगलाइ प्रश्न गर्दै भने, ‘आयोगले मेडिकल शिक्षाको क्षेत्रमा सिट निर्धारण गर्नेदेखि परीक्षा संचालन र नतिजा प्रकाशन सबै काम आफैँ गर्ने अनि विद्यार्थी पनि धेरै फेल गराउने कस्तो निति हो आयोग को?’ आयोगले नेपालमा पारामेडिकलतर्फ धेरै विद्यार्थी फेल गराएर नेपाली विद्यार्थीलाई विदेशमा पठाएर अन्योल पार्न खोजेको देखियो। किन भने विदेशबाट अध्ययन गरेका विद्यार्थीले मेपनलमा मेडिकल तर्फ मान्यता पाउँदैनन्।’ उनले थपे ‘पारामेडिकल तर्फ आयोगले तोकेको पास मार्क ५० प्रतिशत बाट घटाएर ३५ प्रतिशत बनाउनु पर्छ।  

आइओएमका चार डक्टरहरु बसेर प्रश्नपत्र निर्माण गर्ने अनि हाम्रा समान्य विद्यार्थीले कसरी पास गर्ने?’ अध्यक्ष अधिकारीले यति मात्र होइन आयोगले शैक्षिक सत्र ०७७/०७८ मा चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा चिकित्सा शिक्षा संकाय अन्तरगतका उत्तिर्ण विद्यार्थीहरु सो संकाय अन्तरगतका अन्य विषयमा भर्ना हुने गरि कार्यविधिमा सच्याई सहयोग नगरे हाल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई समेत आयोगमा बुझाइ दिने चेतावनी दिएका छन्।

बीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका संचालक बजुरुद्धिन अन्सारीले यस पटक सिट संख्या भन्दा आधा विद्यार्थी पनि पास हुन नसकेकोले पारामेडिकल क्षेत्रका कलेजहरु मर्ने अवस्थामा पुगेको जनाए। ‘पारा मेडिकल मात्र चलेका कलेजहरु यस पटक मर्ने अवस्थामा पुगेका छन्,’ अन्सारीले नागरिकसँग भने ‘विद्यार्थी नभएर कलेजका सिटहरु खालिनै छन्। त्यही भएर हामीले चाबी आयोगमा बुझायौं।’

यसैबीच नेपाल विद्यार्थी संघले पनि पारामेडिकलतर्फ पुन परीक्षा संचालन गर्नु पर्ने र पास मार्क ३५ प्रतिशत कायम गर्नु पर्ने माग राख्दै आयोगविरुद्ध आन्दोलनमा उत्रनेको महामन्त्री बल्देब तिमल्सिनाले जनाए। उता आयोगका प्रवक्ता डिल्ली लुइँटेलले आयोगले  ऐन अनुसार परीक्षा संचालन गरी मापदणडमै रहेर नतिजा प्रकाशन गरेको जनाए।

‘आयोगले एन अनुसार परीक्षा संचालन गरी मापदण्डमा परेका योग्य विद्यार्थीहरु उत्तीर्ण भएका हुन्,’ प्रवक्ता लुइँटेलले नागरिकसँग भने ‘आयोगले फेल भएका विद्यार्थीलाई पास गराउन मिल्दैन। पारा मेडिकलमा धेरै कमजोर विद्यार्थी रहे र धेरै अनुत्तिर्ण भएका हुन्।’ उनले थपे ‘निर्देशिकामा ५० प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई अयोग्य ठहर गरेको छ। त्यही अनुसार नतिजा सार्वजनिक गरिएको हो।

प्रकाशित: ९ भाद्र २०७८ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App