२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु

फाइल तस्वीर

ताप्लेजुङसहित ४८ वटा जिल्लामा सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएको छ।

युएसएआईडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमका कोशी प्रदेश संयोजक सन्तोष नेपालले प्रारम्भिक कक्षाहरूको पहुँच एवम् गुणस्तरीय शिक्षा सेवामा सुधार ल्याउन कार्यक्रम अघि बढेको बताए।

४८ जिल्लाका चार सय ८२ स्थानीय तहका १८ हजार दुई सय विद्यालयमा कार्यक्रम अघि बढेको उनले जानकारी दिए। उनका अनुसार यो कार्यक्रममार्फत करिब ११ लाख विद्यार्थी लाभान्वित हुने छन्। योजनाको खोजी, कानुनी प्रक्रिया पूरा र सम्झौताको चरणसमेत गरी सन् २०२३ को सेप्टेम्बर २८ बाट सन् २०२८ को सेप्टेम्बर २८ सम्म यो कार्यक्रम सञ्चालन हुने छ।

कार्यक्रम अवधिमा कुल ३९.९८ मिलियन अमेरिकी डलर खर्च हुने छ। त्यसमध्ये सम्झौताअन्तर्गतको अनुदान १० मिलियन डलर रहेको नेपालले बताए। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम र उदयपुर गरी सात जिल्लाका ५७ स्थानीय तहका दुई हजार पाँच सय ४९ विद्यालयमा युएसएआईडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएको छ ।

यसअघि कार्यान्वयनमा रहेका इजिआरपी (पहिलो र दोस्रो चरण) को सिकाइलाई स्वामित्वका रूपमा ग्रहण गर्दै प्रारम्भिक कक्षाका विद्यार्थीको प्रभावकारी शिक्षण सिकाइकेन्द्रित गुणस्तरीय शिक्षामा कार्यक्रमले जोड दिने नेपालले जानकारी दिए। इजिआरपी कार्यक्रम नभएका तेह्रथुम, उदयपुर र पाँचथर कोशी प्रदेशमा युएसएआईडी इजिएलको नयाँ कार्यक्रम सुरु भएका जिल्ला हुन्।

प्रकाशित: १३ असार २०८१ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App