२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

“तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक,२०८१” राष्ट्रिय सभामा पेस

“तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस भएको छ।सोमवारको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले “तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस गरेकी हुन। 

विधेयक पेस गर्दै शिक्षामन्त्री श्रेष्ठले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र स्वास्थ्यको विधामा उच्चस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्न आवश्यक रहेको बताइन। 

आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नुपर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन,अध्यापन, अनुसन्धान गर्न आँखा स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन। 

प्रकाशित: १० असार २०८१ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App