२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

‘स्कुल टु स्कुल’ नामक क्याम्पेनबाट संकलित रकम जाजरकोटका विद्यार्थीलाई सहयोग गर्ने

विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाईन्छ । यो दिवश संगीतकलाको लागि महत्त्वपूर्ण सम्मान हो । जुनदिन सबै संगीतकारहरूले एकसाथ आफनो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन् ।  

प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवसरका रुपमा मनाउँदै आएको छ । उक्त दिन विद्यालयमा एक विशेष प्रकारको सांगीतिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा सबैलाई सहभागि हुन र संगीतको आनन्दलिन साथै विश्व संगीत दिवशलाई जीवन्त बनाउन पनि कार्यक्रमको आयोजना गर्ने गरिन्छ।  

विश्व संगीत दिवशको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्याण्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरुले मनोरञ्जन प्रदान गरेको थियो ।  

कुटुम्ब ब्याण्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक क्याम्पेन गरेको छ । यो क्याम्पेनबाट संकलन भएको रकम जाजरकोटका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सहयोग गर्नेछ।  

यस सराहनीय पहलमा विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यहरूले विभिन्न स्टेशनरी सामग्रीहरू प्रदान गरेर समर्थन गरे । विद्यार्थीहरुको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकताहरूमा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै विद्यालयले पनि यस योजनाको लागि रु ५० हजार प्रदान गरेर महत्त्वपूर्ण योगदान गरेको छ ।  

विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने सराहनीय उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुटुम्बको सुमधुर संगीतले कार्यक्रममा रौनकमात्र थपेन, संगीतले समुदायमा पार्न सक्ने सकारात्मक प्रभावमा पनि प्रकाश पार्याे । 

प्रकाशित: ९ असार २०८१ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App