२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

अब सार्वजनिक विद्यालयका प्रअ खुला प्रतिष्पर्धाबाट

काठमाडौं महानगरपालिकाले मातहतका सार्वजनिक विद्यालयका शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रकृया सुरु गरेको छ।

महानगर कार्यपालिकाले मातहतका ७१ सार्वजनिक विद्यालयको प्रअ नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। महानगरभित्र ८७ वटा सार्वजनिक विद्यालय मध्ये १३ विद्यालयमा महानगरले अघिलो पल्टनै प्रकृया पुर्‍याएर पाँच वर्षका लागि करारमा नियुक्ति गरिसकेको छ।

महानगरले काठमाडौं महानागरपालिका शिक्षा ऐन २०७५ (संशेधिनसहित) को दफा २९ क बमोजिम सामुदायिक विद्यायमा पाँच वर्षको लागि करारमा प्रअ छनौट गर्न खुला निवेदन माग गरेको हाे । जसमध्ये ६ जना कक्षा १–५ सम्मकोलागि, आधारभूत तह कक्षा १–८ सम्मका लागि २१ र माध्यमिक तहका लागि ४४ प्रधानाध्यापक माग गरिएको हो । ‘छनौटको किसिम भनेको इच्छुक प्रअहरुले विद्यालय विकास प्रस्ताव र प्रस्तुतीकरणलाई बनाइएको छ,’ विभाग प्रमुख सिताराम कोइरालाले भने,‘महानगरभित्रको शिक्षका दरबन्दी मिलान तथा प्रअ नियुक्ति कार्यविधि २०८० बनाएर महानगरले प्रअ नियुक्तिको काम अघि बढाएको हो ।’ उनका अनुसार महानगरभित्रका विद्यालय शिक्षालाई स्तरवृद्धि गर्न पनि खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित: २४ कार्तिक २०८० १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App