२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरको ५० प्रतिशत छात्रवृत्ति खेर

‘सर मेरो छोराले छात्रावृत्तिको परीक्षा पास गरेर हामीले लडुनै बाडेर खुसियाली साट्यौं। तर अध्ययनका लागि कलेजमा भर्ना हुन सकेन,’ मंगलबार बिहान काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीतारम कोइरालासँग अभिभावक हरिकृष्ण सुवेदीले गुनासो गरिरहेको थिए, ‘तर भर्ना गर्न खोज्दा उसको अनलाइन फारम नै देखाएन के भएको सर?’ मंगलबार महानगर शिक्षा विभागमा अभिभावक र विद्यार्थीको भिडभाड थियो। छात्रवृत्तिमा पास भएर पनि कागजात अपलोडबारे प्राविधिक जानकारीको कमी र कलेज मिलानबारे पर्याप्त सूचनाको अभावमा धेरै विद्यार्थीले छात्रवृत्तिको परीक्षा पास भएर पाएको छात्रवृत्ति पनि गुमाएको अवस्था सिर्जना भएको छ।

अभिभावक हरिकृष्णको जिज्ञासा मेटाउँदै शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने, ‘महानगरको सफ्टवेयरले हजुरको छोरा प्रज्ञान सुवेदीलाई नचिनेकाले उनको छात्रवृत्ति खेर गएको हो। प्रज्ञानले अपलोड गरेको कागजात नमिलेकोले सफ्टवेयरले चिनेन।’

विज्ञान विषय अध्ययनका लागि छोरा प्रज्ञान सुवेदीले परीक्षा दिएर भर्ना गर्ने समयमा आफूले छनोट गरेको कलेजको म्याचिङ मिलाउन र अन्य कागजात सही तरिकाले अनलाइन अपलोड गर्न नजानेकाले छात्रवृत्ति गुमाएका हुन्।

अभिभावक हरिकृष्णको जिज्ञासा मेटाउँदै शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने, ‘महानगरको सफ्टवेयरले हजुरको छोरा प्रज्ञान सुवेदीलाई नचिनेकाले उनको छात्रवृत्ति खेर गएको हो। प्रज्ञानले अपलोड गरेको कागजात नमिलेकोले सफ्टवेयरले चिनेन।’

प्रज्ञान मात्र होइन उनी जस्ता दुई हजार दुई सय ४५ विद्यार्थीले महानगरले सञ्चालन गरेको छात्रवृत्तिका लागि प्रवेश परीक्षा उत्तीर्ण गरे पनि छात्रावृत्ति गुमाएका छन्। महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि निजी विद्यालयले उपलबध गराउँदै आएको १० प्रतिशत छात्रावृत्ति कोटामा गरिब, जेहेनदार विद्यार्थीलाई व्यवस्थित रूपमा छात्रवृत्ति उपलब्ध गराउन पहिलोपटक आफैंले परीक्षा लिएर विद्यालय सिफारिस गर्न अनलाइनबाटै प्रक्रिया थालेको थियो। तर महानगरपालिकाले समेत पर्याप्त सूचना प्रवाह गर्न नसक्दा र विद्यार्थीले सूचना प्रविधिसँग अभ्यस्त नहुँदा छात्रवृत्तिमा यसपटक थोरै अन्योल भएको महानगर शिक्षा विभागका सामुदायिक विद्यालय हेर्ने अधिकृत मोती भट्टराईले बताए।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार विभागमा कागजात अपलोड गर्न नजानेका, कलेज म्याचिङ गर्न प्राथमिकता छनोट गर्न नजानेका, अनलाइनसँग अभ्यस्ता नभएको तथा वेबसाइट खोल्न नजानेका कारण विद्यार्थीको छात्रवृत्ति खेर जाने अवस्था आएको हो।

महानगरले शिक्षा, विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, तथा प्राविधिक विषयका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो। चार हजार तीन सय ४५ सिटका लागि कुल छ हजार १७ परीक्षार्थी सहभागी थिए। तीमध्ये चार हजार पाँच सय ५१ पूर्ण छात्रावृत्ति परीक्षामा पास पनि भए। तर हाल शिक्षा समूहमा १६, विज्ञानमा २ सय ९२, व्यवस्थापनमा एक हजार ७ सय ६२, कानुनमा ७७ र मानविकीमा ९८ सिट खालि रहयो। ‘एकारित महानगरले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको छात्रवृत्ति पारदर्शी र व्यवस्थ्ग्ति बनाउन आफैंले परीक्षा सञ्चलान, नतिजा प्रकाशन र कलेज म्याचिङ गरी अध्ययनका लागि सिफारिसम्मको काम गर्‍यो,’ विभाग प्रमुख कोइरालाले भने, ‘तर लक्षित वर्गसम्म अझै पनि छात्रवृत्ति पुग्न सकेन। ५० प्रतिशत सिट खालि भएपछि महानगरले तेस्रो चरणको भर्नाका लागि पुनः भदौ १२ र १३ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोक्यो। तर विडम्बना विद्यार्थीले रोजगेको कलेज नपाउँदा छात्रवृत्ति छाडेको देखियो।’

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार विभागमा कागजात अपलोड गर्न नजानेका, कलेज म्याचिङ गर्न प्राथमिकता छनोट गर्न नजानेका, अनलाइनसँग अभ्यस्ता नभएको तथा वेबसाइट खोल्न नजानेका कारण विद्यार्थीको छात्रवृत्ति खेर जाने अवस्था आएको हो।

यति मात्र होइन महानगर पालिकाले सिफारिस गरेका विद्यार्थी अयोग्य भएर पनि छात्रवृत्ति खेर गएको अवस्था सिर्जना भएको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रअ हेरम्बराज कँडेलले बताए। ‘महागरको सिफारिसमा हाम्रो स्कुलमा कक्षा ११ मा प्राविधिकतर्फको इलेक्ट्रोनिकल इन्जिनियरिङ विषयका लागि ११ विद्यार्थी सिफारिस भएका थिए। तर नौजना अयोग्य भए। नौ कक्षादेखि १२ सम्म प्राविधिक विषय अध्ययनका लागि कक्षा नौ र १० मा विद्यालयमा प्राविधिक विषय पढेकै हुनुपर्छ,’ प्रअ कँडेलले भने, ‘सिफारिस भएका ११ मध्ये दुईजना मात्र कक्षा ९ र १० मा प्राविधिक विषय अध्ययन गरेका रहेछन्। उनीहरू योग्य भए। बाकी नौ विद्यार्थी परीक्षा पास भएर खुसियाली बाँडे पनि अध्ययनका लागि योग्य भएनन्।’

प्रकाशित: १३ भाद्र २०८० ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App