२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

असार मसान्तभित्र कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन शिक्षण संस्थालाई महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ। आज एक सूचना जारी गर्दै महानगरले यस्तो निर्देशन दिएको हो।  

सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ ।”  

त्यसै गरी महानगरले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह पनि गरेको छ। छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिका महानगरभित्र रहेको शिक्षण संस्थालाई यस्तो आग्रह गरेको हो।  

विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव  रहेको बताउँदै ,” महानगरले भनेको छ,“यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।”  

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षकाे कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशन गरिसकेकाे छ। 

प्रकाशित: २२ असार २०८० ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App