२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता परिचयपत्र भएका आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो।

एनएलआर नामक गैरसरकारी संस्था र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाका शिक्षा शाखाका नायव प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए।

‘नगरपालिकाको महिला तथा बालबालिका शाखामा छात्रवृत्तिका लागि निवेदन दिनका लागि सार्वजनिक सूचना आह्वान गरेका छौं, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘निवेदनसँगै जन्मदर्ताको प्रमाणपत्र, अपाङ्गत परिचयपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको सिफारिसपत्र, वडाका कार्यालयको सिफारिस पेश गरेका आधारमा छात्रवृत्ति प्रदान गरिने छ।’

निवेदन दिनेको संख्या यकिन भइसकेपछि दमासाहीका हिसावले छात्रवृत्ति प्रदान गरिने छ। नगरपालिकामा रहेको माध्यमिक तह र उच्च माध्यमिक तहमा अपाङ्गता परिचय प्राप्त गरेका विद्यार्थीको संख्या १२ छ। रासस

प्रकाशित: २२ फाल्गुन २०७९ ०३:५४ सोमबार

शुक्लाफाँटा नगरपालिका अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति