२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यावसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन तथा पाचौं साधारणसभाको पोखरामा मंगलबार उद्घाटन गर्दै पोखरेलले कोभिड–१९ बाट थलिएको उद्योग–व्यावसायलाई उकास्ने भनेर कोष सञ्चालन गरेपनि व्यावसायी नै त्यसबाट लाभान्वित हुन नसकेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले व्यावसाय जीवनरक्षा कोषको कार्यविधि जटिल बन्दा व्यावसायी लाभान्तिव हुन नसकेको उनको बुझाई छ। ‘व्यावसाय जीवनरक्षा कोषमा अघिल्लो वर्षपनि एकअर्ब रुपैयाँ छुट्टिएको थियो, त्यसमा २५–२६ करोड मात्र खर्च भयो, अहिलेपनि १ अर्ब नै छुट्टिएको छ तर खर्च नै भएको छैन,’ उनले भने।

उनले जटिल कार्यविधि फेरबदल गरेर कमजोर लाई पनि सहजै ऋण पाउन सक्ने बनाउनु पर्ने बताए। त्यसका लागि सरकार, उद्योगी–व्यवसायी र बैंक बसेर छलफल तथा अन्र्तक्रिया गरेर कार्यविधि बनाउनुपर्ने उनको भनाई थियो।

गण्डकी प्रदेशमा ७९ हजार ४ सय ८७ वटा उद्योग दर्ता रहेको महासंघका गण्डकी प्रदेश अध्यक्ष हरिहर थापाले जानकारी दिए। तर, कोभिड लगायतका कारण कति बन्द भए र कति सञ्चालनमा छन् भन्ने तथ्याङ्क नभएको उनले बताए। साथै उनले प्रदेशमा कति लगानी पुगेको छ। कति रोजगारी सिर्जना भएको छ, उत्पादित सामान मध्ये कति आन्तरिक रुपमा खपत हुन्छ र कति निर्यात हुन्छ भन्ने बारेमा समेत कुनै तथ्याङक नभएको बताए।

अध्यक्ष थापाले ११ जिल्लामा १–१ वटा वस्तुको हब तोकेर सो वस्तु विकासको कार्यक्रम सञ्चालन गर्न माग गरे। साथै उनले प्रदेशमा उत्पादित वस्तुको उपभोग प्रदेशमा अनिवार्य उपयोगको नीति अवलम्वन गर्नुपर्ने महासंघको माग रहेको बताए।

प्रकाशित: १४ मंसिर २०७८ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App