२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मेटलाइफमा लघुबिमा दाबीको नयाँ प्रणाली

मेटलाइफ नेपालले लघुविमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणाली सुरु गरेको जनाएको छ। यस प्रणालीले ग्राहकलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथै दाबी पेस गर्न र भुक्तानीको समय घटाउन स्वचालित दाबी मूल्यांकन जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले द्रुत दाबी समाधान नै लघुबिमा ग्राहकको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोसेढुंगा सावित हुने बताए।

प्रकाशित: १४ मंसिर २०७८ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App