२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल एम्बुलेन्स सेवाको नेतृत्वमा वैद्य, आचार्यले बुझाए ब्याटन

नेपाल एम्बुलेन्स सेवा १०२ (एनएएस) का अध्यक्ष रञ्जित आचार्यले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी नयाँ अध्यक्ष डा. प्रदीप वैद्यलाई ब्याटन हस्तान्तरण गरेका छन्। आचार्यको कार्यकालमा उनी र उनको टोलीले मे १, २०१९ मा काठमाडौं महानगरपालिकासँग पाँचवर्षे समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। 

जस अनुसार महानगरले संगठनलाई परिचालन घाटा पूरा गर्न मासिक आर्थिक सहायता प्रदान गरिरहेको छ। नेपाल एम्बुलेन्स सेवाले देशभर अस्पतालपूर्वको हेरचाह र १०२ नम्बर अन्तर्गत सातै प्रदेश डिस्प्याच केन्द्र बनाउन सहयोग गरेको छ। एनएएस डिस्प्याच सेन्टर चाँडै नै राष्ट्रिय डिस्प्याच सेन्टरमा रूपान्तरण हुने बताइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गरेको अन्य सहयोगमा कोभिड अवधिभर सबै कर्मचारीका लागि जोखिम भत्ता, कल सेन्टर अपग्रेड, सफ्टवेयर अपडेट, मोबाइल एप्स, उपकरण सहयोग, एम्बुलेन्स इन्धन लागत सहयोग, र प्रान्तीय डिस्प्याच केन्द्रका कर्मचारीलाई प्रशिक्षण समावेश छन्।

आचार्यको कार्यकालमा नेपाल एम्बुलेन्स सेवा १०२ ले २८ हजार ९६४ जना बिरामीको उपचार गरेको विज्ञप्तिमा उल्लेख छ। कोभिड १९ को दुवै लहरमा ९ हजार ६६८ कोभिड बिरामीलाई निः शुल्क सेवा प्रदान गरेको ५० लाख रूपैयाँको एनएएसमा पहिलोपटक कोष स्थापना भएको छ। उनीहरूले मे २०२१ देखि सबै प्रकारका बिरामीलाई निःशुल्क सेवा प्रदान गरिरहेका छन् र भविष्यमा पनि सबै सेवा निःशुल्क उपलब्ध गराउने बाचा गरेका छन्। 

नेपाल एम्बुलेन्स सेवाले आफ्नो १० वर्षमा ७० हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको छ र ६० वटा सफल जन्म एम्बुलेन्सभित्र भएको जनाएको छ। नेपाल एम्बुलेन्स सेवा १०२ गैरनाफामूलक संस्था हो र यो आकस्मिक मेडिकल रेस्पोन्स प्रणाली स्थापनामा समर्पित छ।

प्रकाशित: ८ भाद्र २०७८ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App