२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकबाट ११ सयलाई न्यानो कपडा

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणलाई न्यायो कपडा उपलब्ध गराएको छ । कम्पनीका निर्देशकद्वय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर ११ लाख मूल्य बराबरको न्यानो कपडा वितरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।  

मानवसेवा आश्रमको २० सेवा केन्द्रमा वल्र्डलिंकले हाई स्पिड इन्टरनेट निःशुल्क उपलब्ध गराइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनको समयमा सुरुमा लाग्ने सम्पूर्ण खर्च (दस लाख रूपैयाँ) समेत उपलब्ध गराएको थियो । मानवसेवा आश्रमले २०७८ सालभित्र बाध्यात्मक रूपमा खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण गर्ने लक्ष्य राखी सहयोगापेक्षी सडक मानवको मानवोचित व्यवस्थापनको लागि देशव्यापी रूपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित: १९ मंसिर २०७७ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App