२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बन्द उद्योग सञ्चालन गर्न सरकारलाई ज्ञापनपत्र

गत ११ गते एक्कासि स्थायी रुपले बन्द गर्ने सूचना जारी गरिएको रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लाई पुनः सञ्चालन गराउन रौतहटका उखु किसानहरूले केन्द्र सरकार र स्थानीय सरकारलाई एकै दिन ज्ञापनपत्र बुझाएका छन्।

उखु उत्पादक संघ रौतहटको तर्फबाट सचिव सफिन्द्रप्रसाद यादवको नेतृत्वमा उखु किसानहरूको एक समूहले गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव र रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उद्योग बन्द गर्न नहुने र बन्द घोषणा गरिएको उद्योगलाई सञ्चालन गर्न पहल गरिदिनका लागि आग्रह गरिएको हो ।

उद्योग बन्द भएपछि रौतहटका हजारौं किसानलाई समस्या हुने तथा सयांै कर्मचारी–श्रमिक पनि बेरोजगार हुने भएकोले उद्योगलाई सञ्चालन गर्न उखु किसानहरूले सबै किसिमको सहयोग गर्न तयार रहेको सचिव यादवले बताएका छन्।

ज्ञापनपत्र बुझ्दै रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उद्योगको समस्या समाधानको लागि आफूले पनि पहल गर्ने बताएका छन् ।

यसै गरी ज्ञापनपत्र बुझ्दै गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले आफ्नो नगरपालिका क्षेत्रभित्र रहेको उद्योग सञ्चालन गर्न आफूहरु सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका छन् । संघ र प्रदेश सरकारसित समन्वय गरेर उद्योग सञ्चालनको लागि पहल गर्ने आश्वासन पनि मेयर यादवले दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरे र मेयर यादवले ज्ञापनपत्र बुझ्दै सकारात्मक पहल गर्ने आश्वासन दिएको संघका सचिव यादवले जानकारी गराएका छन् ।

प्रकाशित: १४ श्रावण २०७७ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App