आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।
अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ।
तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: १६ असार २०८१ ११:३१ आइतबार