२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

फक्ताङलुङको बजेट ४६ करोड, मैवाखोलाले आज बजेट सार्वजनिक गर्दै

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछ। आज बस्ने गाउँसभा बैठकमा पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्ने छ।

यस्तै मेरिङदेन गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पेश हुने अन्योलता देखिएको छ। कार्यपालिका बैठकमा सहमति कायम हुन नसक्दा समयमै नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्न नसकिने मेरिङदेनले जनाएको छ।

फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूको उपस्थितिमा शनिवार सम्पन्न गाउँसभाको १६ औं अधिबेशनमा उपाध्यक्ष रवीन साम्रा (विकास)ले उक्त बजेट ल्याएका हुन्।

गाउँपालिकाले कूल बजेटको ३१ प्रतिशत अर्थात् १४ करोड २६ लाख ५ हजार रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ।

संघीय तथा प्रदेश सर्शत अनुदानतर्फ कूल बजेटका ४५.६० प्रतिशत अर्थात् २० करोड ९७ लाख ३५ हजार बिनियोजन भएको पालिकाले जनाएको छ।

चालू खर्चतर्फ भने १० करोड ७६ लाख ६० हजार रुपैयाँ अर्थात् कूल बजेटको २३.४० प्रतिशत बिनियोजन भएको छ।

गाउँसभामा पालिका अध्यक्ष लिम्बूले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सिरिजङ्गा गाउँपालिकाले गत जेठ १० गते नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरिसकेको छ भने भोलि बजेट ल्याउने तयारी गरेको छ।

प्रकाशित: ९ असार २०८१ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App