२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे १८ खर्बको बजेट, पाँच खर्ब ४७ अर्ब ६७ करोड ऋण थपिने

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको कुल बजेटमा ५ खर्बभन्दा बढी ऋण थपिने भएको छ।

मङ्गलवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० करोड ३० करोडको बजेट ल्याइएको घोषणा गरे।

जसमध्ये चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१ दशमलव ३१ प्रतिशत  खर्च हुने अनुमान गरिएको छ। यस्तै पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड (१८ दशमलव ९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड (१९ दशमल ७४प्रतिशत) विनियोजन गरेको बजेट भाषणमा उल्लेख छ।

उक्त बजेट अघिल्लो आर्थिक वर्षको बजेटभन्दा ६ दशमलव २ प्रतिशत बढी र संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत रहेको अर्थमन्त्री पुनले बताए।

उक्त खर्च राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक सहायताबाट ५२ अर्ब ३३ करोड उठाउने सरकारको योजना छ।

यस्तै बाँकी पाँच खर्ब ४७ अर्ब ६७ करोड रकम न्युन हुनेछ। न्युन रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड र तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट पूर्ती गरिने योजना सरकारको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App