२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

खानेपानीमा घट्यो बजेट

सरकारले आगामी आर्थिक वर्ष खानेपानी तथा सरफाई क्षेत्रमा २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानीमा चालु आर्थिक वर्षको भन्दा करिब साढे एक अर्ब रुपैयाँ बजेट घटाएको घोषणा गरेका हुन्। उनले आगामी आवका लागि २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन्। 

चालु आर्थिक वर्ष खानेपानी र सरसफाइ क्षेत्रमा सरकारले २८ अर्ब १६ करोड रहेको थियो। खानेपानीबाट थप ४ लाख ४५ हजार जनता लाभान्वित हुने दाबी गर्दै उनले सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, ‘एक घर एक धारा’ को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने, दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने चालु आर्थिक वर्षमा घोषणा भएर प्रभावकारी कार्यान्वयन नभएका कार्यक्रम अघि सारेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App