२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सकियो महालक्ष्मी बैंंकको साधारणसभा

महालक्ष्मी विकास बैंकको बाइसौं साधारणसभा सम्पन्न भएको छ। सभामा आव २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ।

बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९-८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।

यसैगरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार-लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ। सभाले आव २०८०-८१ मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एन्ड डिविन्स चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभाका अध्यक्ष उपाध्यायले सेयरधनी मध्येबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गरेकाे छ।

साथै उनले आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तो सुकै प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरे। साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे।

प्रकाशित: १ माघ २०८० ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App