१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति दिएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति दिएको हो।

यसैक्रममा ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

सो छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ। सो कार्यक्रमअन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट पाँचजना जेहेन्दार छात्राहरू छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रूपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ।

सो कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

रक्तदान कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान, निःशुल्क आँखा जाँच, रक्तचाप र मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगतदान गरिएको बैंकले जनाएको छ। यसैगरी निःशुल्क ७८३ जनाको आँखाजाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरिएको छ।

प्रकाशित: १८ पुस २०८० ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App