२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हिमालयन डिस्टिलरीलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२२’ अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादनक्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन-सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबेदीले उक्त अवार्डले कम्पनीलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बताए।

प्रकाशित: १० श्रावण २०८० ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App