२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

लम्पीबाट ७ लाख बढी पशु संक्रमित, २५ हजारको मृत्यु

लम्पी स्किन रोग ७६ जिल्लामा फैलियो

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएको छ। मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईमा देखापरेको यो रोग मुलुकभर भैलिएको छ।

लम्पी रोगबाट ७ लाख ९ हजार बढी पशु संक्रमित भएका छन्। लम्पी रोगले अहिलेसम्म २५ हजार ७ सय ८२ पशु मरेका छन्। यसबाट किसानलाई अर्बौं रूपैयाँ क्षति भएको छ।

७५ वटा भैंसी र ७३ वटा बाख्रा पालन गरिरहेका नवलपरासी ४ का मोहन बहादुर कार्कीले पालेका ५ वटा भैंसीमा लम्पी स्किन रोग देखापरेको छ। लम्पी सबै पशुमा फैलिएला भन्ने चिन्तामा कार्की छन्। लम्पी स्किन रोग लागेका भैसीलाई छुट्टै पशु क्वारेन्टाइन् गोठको व्यवस्था गरेका छन्। पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घटेको गुनासो उनले गरे।

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएको छ। मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईमा देखापरेको यो रोग मुलुकभर भैलिएको छ।

लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमामा सर्ने पशुचिकित्सक बताउँछन्। चिकित्सकका अनुसार संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने गर्छ।

ज्वरो आए औषधि खुवाउन, गिर्खा फुट घाउमा मल्हम लगाउन र आराम गराउँदै रुची अनुसारको दानापानी खुवाउन पशुचिकित्सकले सुझाव दिएका छन्। रोग लागेका बिरामी पशुलाई आराम गराउनुपर्नेमा रोपाइँमा जोत्न लगेपछि धेरै मरेका छन्।

आफूले पालेको गोरुमा लम्पी स्किन देखिएपछि धादिङ नीलकण्ठ नगरपालिकाकी सीता धमला पनि चिन्तित छिन्। गोरुलाई पनि एक महिना पहिले देखिएको लम्पी स्किन रोग अझै निको भएको छैन। ‘लम्की स्किन रोगले गोरुलाई उच्च ज्वरो आउँछ,’ उनले भनिन्, ‘शरीरभर गिर्खा छन्। गोरुले दाना र घाँस खान छाडेको छ।’ पशुको शरीरमा टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिएको उनले बताइन्। ‘गिर्खा फुटेर घाउ नै बन्छ,’ उनले भनिन्, ‘ लम्पी स्किन विरुद्ध खोप लगाए पनि घाउ अझै निको भएको छैन।’

लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमामा सर्ने पशुचिकित्सक बताउँछन्। चिकित्सकका अनुसार संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने गर्छ।

लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरेर रोगको अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको पशु सेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले बताइन्। उनका अनुसार स्थानीय तहमा पशु स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ।

सरकारले संक्रमण फैलिन नदिन प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको महानिर्देशक काफ्लेले बताइन्। ‘यो रकमबाट यथाशीघ्र औषधी उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ,’ उनले भनिन्, ‘स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ।’

के हो लम्पी स्किन?

लम्पी स्किन गाई/भैंसीमा भाइरसको कारण लाग्ने महामारी हो। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठाहरू देखिने, र्‍याल, सिँगान बग्ने, कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालू र गर्भिणी गाइभैंसीमा असर गर्छ।

कहिले सुरु भयो लम्पी स्किन?

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो अफ्रिकाको सब–सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।

राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्गलादेश, चीन र भारतमा लम्पी स्किन देखापरेको थियो।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो अफ्रिकाको सब-सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।

पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ। 

प्रकाशित: २८ असार २०८० ०२:५४ बिहीबार

पशुसेवा विभाग लम्पीबाट ७ लाख बढी पशु संक्रमित