२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

फाइल तस्वीर

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

अध्यक्ष गर्बुजाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। कोदो, जौ, उवा, जंगली फलफूल चुत्रे, ऐंसेलु, जानमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ।

‘किसान चौतारी, जोतौं खेतबारी’ कार्यक्रम सञ्चालन गरी बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन, कृषि औजार खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजो खेतीको सम्भाव्य अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ।

शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाइ, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन्।

गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ शहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ।

खुला बहुसांस्कृतिक र मगर संग्रहालयका रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मिर्गाैला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ।

पालिकाले औद्योगिक  प्रदर्शनीस्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीयस्थलहरूलाई जोड्न पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गर्ने जनाएको छ।

खुला बहुसांस्कृतिक र मगर संग्रहालयका रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मिर्गाैला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ।

सडक, खानेपानी, सिंचाइतर्फ पर्याप्त योजना सञ्चालन गर्ने भएको छ। कम विकसित क्षेत्रलाई मूल प्रवाहमा ल्याउन आयोजना बैंक तयार गरी सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ।

अध्यक्ष गर्बुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिकावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताए।

गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ती पुनले पेस गरेको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिक सम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए।  

प्रकाशित: ६ असार २०८० ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App