२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ्ङ हुन्छ। बागलुङ नगरपालिका-१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो। ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ। बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ। तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ। पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ। पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटक बढ्दै गएको स्थानीय सोमबहादुर थापामगरले बताए।

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।

उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ। बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन्।

उनी भन्छन्,‘बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको संख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ।’

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापा मगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचारप्रसारमा व्यापक बनेको थापामगरले बताए। बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्की लगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन्।

बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तालको प्रचारप्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए।

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापा मगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचारप्रसारमा व्यापक बनेको थापामगरले बताए।

उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न संघसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए।

ताललाई थप व्यवस्थापन गर्न नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।

‘जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरू ठाउँका ताल पनि देखियो तर यो जस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेलाबेला विदेशी पर्यटक पनि आउने गर्छन्’, अध्यक्ष थापा मगरले भने, ‘तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको संख्या दोब्बरले बढ्ने देखिन्छ, हामी ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौं।’

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन। बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण लगायत २२ वटा हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापा मगरले बताइन्।

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन।

उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताइन्। घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ। पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरा लगायतका परिकार खान दिने गरेको थापामगरले बताइन्। हरेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछिन्।

थापामगर भन्छिन्, ‘कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेट लगायतका सेवा थप गरेका छौं, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौं।

प्रकाशित: २९ वैशाख २०८० ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App