२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बनेपामा कौसी खेती प्रवर्द्धन कार्यक्रम

बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो।

कार्यक्रम अन्तर्गत नगरले आवश्यकता अनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ। नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वडाका स्थानीयलाई तालिम दिंदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ। नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो।

नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको शहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसी खेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए। ‘यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौं, उनले भने। उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ।

नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताइन्। उनले भनिन्, ‘घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसी खेती कार्यक्रम सञ्चालन गरेको हो’, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरेका छन्।

नगरले कौसी खेती प्रवद्र्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा  एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ। रासस

प्रकाशित: १३ चैत्र २०७९ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App