२३ असार २०८१ आइतबार
image/svg+xml
प्रवास

बेलायतमा गोर्खा कपको तयारी, ५० टिमले प्रतिस्पर्धा गर्ने

तमुधिं यूकेले वर्षेनी गर्दै आएको 'गोर्खा कप'को तयारी अन्तिम चरणमा पुगेको छ । तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै 'गोर्खा कप' आउँदो मे २६ तारिख क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टरमा हुने जानकारी गराएको हो ।

बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कपको यो २२औं संस्करण हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष हरि गुरुङले विगत वर्षहरुमा भन्दा यस पटकको खेलमा नयाँपन दिन खोजिएको बताए । उनले खेलको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै खेलमा सहभागिताको लागि आब्हान गरे ।

 पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दीपक घलेले यसपटक ५० वटा टिमबीच प्रतिस्पर्धा हुने जानकारी दिए । सो खेलका लागि मुख्य ३२, १६ भेट्रान र महिला २ वटा टिम  दर्ता भएका छन् । 

८ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरु उपस्थित हुने गर्छन् ।

 बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नौमतिबाजा, प्यारासुट प्रदर्शन, नेपाली कला, संस्कृति, खाना,भेषभूषाको समेत प्रवर्धन गर्ने परम्परा रहेको छ । 

हालसम्म १५० वटा स्टलहरु बुकिङ भएका छन् । गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

प्रकाशित: ६ जेष्ठ २०८१ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App